Have you any question?

985875000000

dean.law@fwu.edu.np

युएनडीपी को कानुनी शिक्षा सहयोग कार्यक्रम अंतर्गत अभिमुखीकरण

May 18, 2024

सुदूरपश्चिम विश्वविद्यालयको कानुनसंकायका विद्यार्थीहरूलाई गत वर्षजस्तै यो वर्ष पनि युएनडीपी को कानुनी शिक्षासहयोग कार्यक्रम अंतर्गत केन्द्रीय क्याम्पसका विद्यार्थीहरूको लागिविश्वविद्यालयको केन्द्रीय कार्यालयमा आज अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।मानविकी तथा सामाजिक शास्त्र संकायका साथै कानुन संकायको कार्य पनि म नै हेरिरहेकोछु। कानुन संकाय प्रारम्भ हुँदाबखत त्यो कार्यक्रम सञ्चालन मैले नै गरेको थिएँ। रफेरि त्यो अवसर प्राप्त भएको छ। केही अनुभव पनि भयो। चौथो सत्रकाविद्यार्थीहरूलाई जिल्लागत स्थिति सोध्दा बैतडी र बाजुराबाटएकजना विद्यार्थी पनि रहेनछन्। स्तरीय पठनपाठन का साथै न्यून शुल्कमा बीए एलएलबीकार्यक्रम सुदूरपश्चिम विश्वविद्यालयमा सञ्चालन गरेका छौं तर विडम्बना के छ भनेसुदूरपश्चिमकाजिल्लाहरूमा समेत उचित प्रचारप्रसार हुनसकेको स्थिति देखिएन। मलाई लाग्छ त्यो स्थिति अन्य संकायहरुमा पनि हुनसक्छ ।हामीले अविलंबप्लस टु परीक्षा दिएका विद्यार्थीहरू रअभिभावक संग हाम्रा कार्यक्रमहरूको बारेमा हमारा कार्यक्रम के बारे जानकारीदिनुपर्ने हुन्छ । एकातर्फ धेरै विद्यार्थीहरू स्तरीय र सुलभ शिक्षाबाट वञ्चितभइरहेको अवस्था छन् भने अर्कोतर्फ युवाहरु विदेश गैरहेका छन्। कानुन जस्तै अन्यविषयहरू अध्ययन गर्दा घरपरिवारको रेखदेख गर्नु साथै आफ्नो सामाजिक, शैक्षिक र राष्ट्रिय दायित्व समेत हाम्रा युवाहरु पूर्णगर्न सक्थे होलान्।

कानुन विषय पढ्नेविद्यार्थीहरूकोबारेमा भन्नुपर्दा ज्ञान प्राप्तिको साथसाथै एक प्रकारले रोजगारीको समेतग्यारेन्टी देखिन आउँछ। राम्रो पेशा का साथै आयआर्जनको दृष्टिकोणले पनि वकालतसम्मानित पेशा नै हो। त्यो तर्फ युवा वर्गको ध्यान जानु अति आवश्यक छ। समाजकाजिम्मेवार व्यक्तिहरूले समेत यसमा चासो राख्नु उचित हुनेछ।