Have you any question?

985875000000

dean.law@fwu.edu.np

Clinical Legal Educational Program for Social Justice

May 19, 2024

२०८१/२/५ का दिन महेन्द्रनगरमा केन्द्रीय क्याम्पसका बीए एलएलबी चौथो सत्रका ५९ जनाविद्यार्थीहरूको लागि र २०८१ /२/६ गतेका दिन कैलाली बहुमुखी क्याम्पसका सोही तहकाविद्यार्थीहरूको लागि सामाजिक न्यायका लागि कानुनी कार्यशाला शिक्षा कार्यक्रमकोअभिमुखीकरण कार्यक्रम धनगढीमा सम्पन्न भएको छ। धनगढीमा सम्पन्न सो कार्यक्रमकाप्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका प्रमुख सचिव डा हरिप्रसाद लम्सालहुनुहुन्थ्यो। प्राज्ञिक व्यक्तित्व लम्सालसरबाट उपस्थित सबै र विशेषगरीकार्यक्रममा सहभागी ५२जना विद्यार्थीहरू अवश्य नै प्राज्ञिकरुपले लाभान्वित भएका मैले अनुभव गरे। अबको कार्यक्रम अनुसार सुदूरपश्चिमविश्वविद्यालय कानुन संकायका केन्द्रीय क्याम्पसका चौथो सेमेस्टर र कैलाली बहुमुखीक्याम्पसका पनि चौथो सेमेस्टरका विद्यार्थीहरु निर्धारित कार्यक्रम अनुसार केहीदिनको लागि समुदायमा र सरोकारवालाहरूसँग सहकार्य गर्नेछन्। कानुनकाविद्यार्थीहरूको लागि हिजो र आजको यो प्रशिक्षण कार्यक्रम अत्यन्तै व्यावहारिक रउपयोगी रहेको मैले अनुभव गरेको छु।

यस्तो कार्यक्रममा प्रत्यक्ष सहभागी हुनु र नेतृत्व गर्नेयो मेरो पहिलोपटकको अनुभव रह्यो। मैले महसुस गरे कि कानुन संकायमा मात्र होइनसम्पूर्ण संकायमा यस्ता किसिमका अभिमुखीकरण कार्यक्रम सञ्चालन गरीविद्यार्थीहरूलाई अनुभव प्राप्त गर्ने र सिकाई गर्ने अवसर प्रदान गरेको खण्डमाविश्वविद्यालयमा विद्यार्थी संख्या पनि बढ्ने परीक्षाको परिणाम पनि वृद्धि हुने रविद्यार्थीहरूलाई भोलिका दिनमा रोजगारको अवसरको खोजी गर्नुमा पनि अवश्य नै मद्दतमिल्न सक्थ्यो। हामी सबैले गम्भीरतापूर्वक यस्ता सवालहरुमा ध्यान दिनुपर्ने अवस्थाआएको छ। कक्षामा विद्यार्थीको पढाइभन्दा सिकाइमा ध्यान दिनुपर्ने कुरामा हामीलेजोड दिनुपर्ने हुन्छ। उहिलेको समयमा हामीलाईसिकाउनुभन्दा पढाउनमा जोडगरियो। हामी पनि वर्षौंसम्म आफ्नो विद्यार्थीहरूलाई केही कुरा व्यावहारिक हिसाबलेसिकाउनु भन्दा पढाउनमा नै जोड गर्दै रह्यो जसले गर्दा विद्यार्थीको पढाईप्रति रआफ्नो संस्थाप्रति रुचिमा कमी आउँदै गयो। हिजो र आजको विद्यार्थीहरूसँगकरिब १० /१०घण्टाको बसाई र सहभागितापछि मैले अनुभव गरे कि चार सेमेस्टरसम्म नसिकिसकेको कुराविद्यार्थीहरूले यति छिटो ग्रहण गरिसके। सम्पूर्ण विद्यार्थीहरूको सम्पूर्णएकाग्रचित्तता र सहभागिताले म अत्यन्तै प्रभावित भएको छु। सुदूरपश्चिमविश्वविद्यालय, नेपालसरकार र युएनडीपीको संयुक्त प्रयासमा यो कार्यक्रम सञ्चालनमा ल्याइएकोको छ। यस्ताकिसिमका कार्यक्रमहरू हामीले प्रभावकारी तरिकाले सम्पूर्ण क्षेत्रमा कार्यान्वयनगर्न सकेको खण्डमा राष्ट्रलाई नै फाइदा हुनेछ।